अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा छ : उपाध्यक्ष सापकोटा

बिआरटीनेपाल २०८० फागुन १२ गते ३:३१ मा प्रकाशित

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष सापकोटाले यस्तो बताउनुभएको हो ।

उपाध्यक्ष सापकोटाले नेपाललाई नेपालीहरुले नै रक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालीहरुलाई राजनीतिक दलहरुले बाटो देखाउनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरुले बाटो देखाउन नसके दलहरु सकिने दिन आउने बताउनुभयो । उहाँले नेपाली जनतालाई ठिक ढंगले बाटो देखाउने हो भने धर्तीको कुनै तागतले नेपालीलाई हानी पुयाउन नसक्ने बताउनुभयो ।

उपाध्यक्ष सापकोटाले राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र प्रियतावाद बढिरहेको बताउनुभयो । उहाँले कतिपय प्रियतावादीहरुलाई राजनीति चटकबाजी लागिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू