अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

आउँदो निर्वाचनमा कांग्रेसलाई कसैले पराजित गर्न सक्दैन : शशांक कोईराला

बिआरटीनेपाल २०८० फागुन १२ गते ३:३० मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले आउँदो निर्वाचनमा एकमत भएर गए कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै नेता कोईरालाले यस्तो बताउनुभएको हो ।

नेता कोईरालाले नेपाली कांग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीको रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले आउँदो निर्वाचनमा पार्टी उत्साह र उमंगका साथ अघि बढ्ने दाबी गर्नुभयो । उहाँले निर्वाचनमा कांग्रेस बाहेकको भविष्य नरहेको जिकिर गर्नुभयो । कांग्रेस एक ढिक्का भए कसैले पनि पराजित गर्न नसक्ने बताउनुभयो ।

नेता कोईरालाले महाधिवेशन सकिएको अवसरमा काठमाडौंमा आज चियापान समारोह राख्नुभएको थियो । सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवा पनि उपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू