अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

दुग्ध क्षेत्रमा देखिएको समस्याबारे सरोकारवालाद्वारा चिन्ता व्यक्त

बिआरटीनेपाल २०८० फागुन १२ गते ३:२८ मा प्रकाशित

पछिल्लो समय नेपालमा देखिएको दुग्ध क्षेत्रको समसामयिक समस्याका बारेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले हाल देशको अवस्था एवं दुग्ध क्षेत्रको समस्यालाई सबै मिलि समाधान गर्न अघि बढ्न अनुरोध गर्दै यसलाई सरकारले उद्योगी एवं किसानको हितमा काम गर्न कुनै न कुनै उपाय निकाल्नु पर्ने र नेपाल डेरी एसोसिएसन संधै किसान र उद्योगको हितमा रहने कुरा राख्दै उद्योगीहरुलाई परेको पिडालाई समेत सम्झेर सरकारले ध्यान दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकी सहसचीव मन्त्रालयका सहसचि सम्झना कुमारी काफ्लेले हाल भईरहेको समस्याको सबै मिलेर समाधान निकाल्न जोड दिनुभयो ।राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. यादवले दुग्ध क्षेत्रको यो समस्या हल गर्न हर तवरले लागेको र सरोकारवालाहरुसँग पटक पटक छलफल गरि समाधानको खोजी गरिरहेको बताउनुभयो ।कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेतले डेरी क्षेत्रको विकास र यसमा आउने समस्याको बारेमा नेपाल डेरी एसोसिएसनले सधैं अगाडि नै रहेको बताउनुभयो । कार्यक्रममा डेरी विज्ञ डा. नारायण श्रेष्ठले हालको समस्या जसरी श्रृजना भयो यो दुःखद कुरा हो भन्दै उहाले इतिहासमै यस्तो समस्या पहिलो पटक आएकोले सरोकारवाला र मन्त्रालयले समाधानको खोजी गर्नुपर्ने बताउनुभयो ।

डेरी विज्ञ अजवलाल यादवले दुधको समस्या आउनुमा सरोकारवालाको नै कमजोरी रहेकोले यसमा सबै व्यवसायी एकसाथ मिलेर अघि बढ्नुपर्ने कुरा बताउनुभयो । नासाका अध्यक्ष लोकनाथ ढकालले आजको यस अन्तरक्रिया कार्यक्रमबाट कुनै न कुनै निचोडमा जाने र समाधान निस्कने कुरा बताउनुभयो ।

नेपाल डेरी एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठले हाल उद्योगीहरुको हालत खराव रहेको र त्यसको समस्याले गर्दा दुग्ध क्षेत्रका सबै स्थानमा परेको कुरा राख्नुभयो । निर्यात व्यवसायीको तर्फबाट उपाध्यक्ष थापाले हाल देशको परिस्थतिले समस्त निर्यातमा परेको समस्या हल गर्न लाग्ने कुरा ख्नुभयो ।

दुग्ध सहकारी एवं पशुपालन सहकारीका अध्यक्ष बाबुराम अधिकारीले हाल कच्चा दुध धेरै रहेको र उद्योगबाट किसानको भुक्तानी नभएकाले राज्य संयत्रबाट यसको पहल गरिदिन अनुरोध गर्नुभयो । साथै अनाजका अध्यक्ष किरण आचार्यले सम्पूर्ण कृषि क्षेत्रमा परेको समस्यामा दुग्ध क्षेत्रलाई समेत प्रतिकुल असर परेको र यसलाई निवारण गर्न सबै मिल्नुपर्ने कुरा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू