अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

अमेरिकी सेनाले यमनमा हुथी विद्रोहीको अखडामा फेरि आक्रमण गर्‍याे

बिआरटीनेपाल २०८० फागुन १२ गते ३:२३ मा प्रकाशित

अमेरिकी सेनाले यमनमा हुथी विद्रोहीको अखडामा फेरि आक्रमण गरेको जनाएको छ । पछिल्लो आक्रमणमा अमेरिकी सेनाले सात वटा मोबाइल एन्टी–शिप मिसाइल नष्ट गरेको दाबी गरेको बीबीसीले जनाएको छ ।इजरायलले गाजामा गरिरहेको अन्धाधुन्ध आक्रमणको विरोधमा हुथी विद्रोहीले इजरायल र उसका सहयोगीका जहाजहरूलाई लाल सागरमा निसाना बनाउँदै आएको छ । हुथीको आक्रमणका कारण लाल सागरमा कैयौँ कम्पनीका जहाजले सेवा रोक्दा विश्व व्यापार नै प्रभावित भइरहेको छ । हुथीले विशेष गरेर अमेरिका र बेलायतसँग सम्बन्ध भएका जहाजलाई लक्षित गरेर आक्रमण बढाइरहेको छ ।

अमेरिकाको केन्द्रीय कमान्डले लाल सागर भएर यात्रा गर्ने जहाजहरूका लागि निकै खतरनाक मानिएका हुथीका मिसाइललाई नष्ट गर्नु आफूहरूको सफलता भएको उल्लेख गरेको छ । गएको बिहीवार हुथीले बेलायतसँग सम्बन्धित एक जहाजमाथि मिसाइल आक्रमण गरेको थियो । आक्रमणपछि जहाजबाट तेल चुहिरहेको छ । समुद्रमा ३० किलोमिटर लामो क्षेत्रमा तेल तैरिइरहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू