अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

बिआरटीनेपाल २०८० फागुन ११ गते ७:०४ मा प्रकाशित

स्थानीय बजारमा सुनको मूल्य स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा करोबार भइरहेको छ ।  त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ घटेर कारोबार भएको छ ।  चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू