अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

अवैध रूपमा छिरेका आठ नेपालीलाई अमेरिकाले प्लेन चार्टर्ड गरेर फर्कायो नेपाल

बिआरटीनेपाल २०८० फागुन ११ गते ६:५० मा प्रकाशित

अमेरिकाले अवैध तरिकाले आफ्नो देशमा प्रवेश गरेका आठजना नेपालीलाई डिपोर्ट ९फिर्ता० गरेको छ । मानव तस्करको प्रलोभनमा ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गरेका उनीहरूलाई अमेरिकाले प्लेन चार्टर्ड गरी नेपाल पठाएको हो । “अमेरिकाले डिपोर्ट गरेका आठजना नेपाली बिहीबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनीहरूलाई अमेरिकाले चाटर्ड प्लेनमा राखेर पठाएको थियो,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगन बहादुर हमालले भन्नुभयो ।

डिपोर्ट भई आएकाहरूलाई आवश्यक कागजात गरी छोडिएको उहाँले जानकारी दिनुभयो । डिपोर्ट भई आएकाहरू केही समय अमेरिकाको जेलमा समेत बसेको उहाँको भनाई छ । “गम्भीर अपराध गरेका कारण डिपोर्ट भएकाहरूलाई हामी प्रहरीलाई बुझाउँछौँ । सामान्य कारण डिपोर्ट भएकाहरूलाई छोडिन्छ,” हमालले भन्नुभयो ।

मानव तस्करहरूको प्रलोभनमा परी बर्सेनि सयौंको संख्यामा नेपालीहरू ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका पुग्ने गर्छन् । यसरी जानेहरू अमेरिका प्रवेश गरेपछि आफूहरू शरणार्थी भएको दाबी गर्छन् । स्थानीय प्रहरीले उनीहरूलाई आवश्यक मुद्दा समेत चलाउँछ । पछिल्लो समय यसरी अमेरिका जाने धेरैलाई अमेरिकाले डिपोर्ट गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू