अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

इजरायली संस्थाहरुमा साइबर चुनौती बढ्यो

बिआरटीनेपाल २०८० फागुन ११ गते ६:३८ मा प्रकाशित

इजरायलको राष्ट्रिय साइबर निर्देशनालयले इजरायली संस्थाहरू साइबर आक्रमणको खतरामा रहेको बताएको छ । अमेरिकी कम्प्युटर नेटवर्क कम्पनिले निर्माण गरेको भीपीएन रिमोट ह्याकरको पहुँचमा फेला परेको निर्देशनालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

हिजो मात्रै साइबर आक्रमणका दुई वटा जोखिम पत्ता लागेकाले सुरक्षित इन्टरनेट सुविधाबारे चासो दिइएको खबरमा उल्लेख छ । ह्याकरको पहुँचमा त्यहाँको इन्टरनेट प्रणाली परेसँगै हजारौँ सङ्गठनको स्वामित्वमा रहेको झण्डै ३० हजार सञ्जाललाई प्रत्यक्ष चुनौती देखिएको छ । निर्देशनालयले संस्थाहरूलाई आवश्यक सुरक्षा अपडेटहरू तुरुन्तै लागू गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू