अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

नापी कार्यालयका सर्वेक्षक, मालपाेत कार्यालयका नासुसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बिआरटीनेपाल २०८० फागुन ११ गते ६:३४ मा प्रकाशित

नापी कार्यालय ललितपुरका सर्वेक्षक र मालपोत कार्यालय ललितपुरका नासुसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । नापी सर्वेक्षक रामवीर यादव, मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल, बिचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशिषराज बस्नेत र लेखापढीको काम गर्ने दिनेश बन्जाराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

यसअघि अख्तियारको टोलीले उनीहरूलाई दुई लाख ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो । जग्गाको कित्ताकाट र नामसारी गरिदिने बाहनामा सेवाग्राहीसँग उनीहरूले घुस लिएको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू