अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

त्रिविको उपकुलपतिमा माओवादी निकट बरालद्धारा पदभार ग्रहण

बिआरटीनेपाल २०८० फागुन ११ गते ६:२१ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा.केशरजंग बरालले शुक्रबार कीर्तिपुरस्थित उपकुलपति कार्यालय पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा निमित्त कुलपति प्रा.डा. शिवलाल भुसालले पदभार ग्रहण गराउनुभएको छ । कार्यक्रममा त्रिविका रेक्टर, रजिस्ट्रार, डिनलगायत पदाधिकारीहरु उपस्थित थिए। पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराललाई प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले बिहीबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले आफूनिकट व्यक्तिलाई उपकुलपति बनाएको भन्दै आलोचना भइरहेको छ।

उपकुलपति छनौट समितिले आवेदन दिएका ४३ जनामध्ये ३ जनाको नाम छनौट गरेको थियो। तीन जनामा बरालसहित, प्रा.डा. चित्रबहादुर बुढाथोकी र प्रा.डा. टंकनाथ धमला छानिएका थिए। बुढाथोकी पनि माओवादी निकट हुनुहुन्छ। यद्यपि प्रधानमन्त्री प्रचण्डले पहिलो नम्बरमा सिफारिस भएका बुढाथोकीलाई पन्छाएर दोस्रो नम्बरमा परेका बराललाई उपकुलपति बनाउनुभएको हो । बरालले उपकुलपति नियुक्त भएपछि विश्वविद्यालयमा राजनीतिक भागबन्डा अन्त्य गर्ने र शैक्षिक क्यालेन्डर लागू गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गत पुस २० गते सरकारले त्रिभुवन विश्वविद्यालय९त्रिवि०को उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षा मन्त्रीको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको थियो।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ ले शिक्षामन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख चन्द्रकला घिमिरे रहेकोे कमिटी गठन गर्नुभएको थियो । त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएपछि त्रिवि उपकुलपतिको पद रिक्त थियो। त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट समितिले उपकुलपतिमा नियुक्तिका लागि तीनजनाको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरेको थियो।

छनोट समितिले सिफारिस गरेकामध्ये कसलाई उपकुलपति बनाउने भन्ने विषयमा प्रधानमन्त्री प्रचण्ड, माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल, वर्षमान पुन, छनोट समितिका संयोजक एवं शिक्षामन्त्री अशोक राई, माओवादी केन्द्रनिकट प्राध्यापकहरूबीच छलफल भएको थियो। ‘प्रधानमन्त्री प्रचण्डले छनोट तथा सिफारिस समितिका संयोजक एवं सहकुलपति अशोक राईलाई नम्बरसहित सिफारिस गरेर संकटमा पारेको आरोप लगाएको स्रोत बताउँछ। छलफलमा सहभागी पौडेल र पुनले भने खुला प्रतिस्पर्धाबाट छनोट गरिएकाले योग्यताक्रम मिच्न नहुनेमा जोड दिएको स्रोतले जनाएको छ ।

मंगलबार माओवादीनिकट प्राध्यापक संगठनले प्रधानमन्त्रीलाई भेटेर बराललाई उपकुलपति बनाउन दबाब दिएको थियो। माओवादी केन्द्रनिकट प्राध्यापक संगठनले योग्यताक्रममा दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाउन दबाब दिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू