अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

सनातन हिन्दु राष्ट्रको मुद्दालाई आत्मसात नगरे पार्टीलाई क्षति पुग्छ : सांसद भण्डारी

बिआरटीनेपाल २०८० फागुन ११ गते ६:१३ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कांग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा नआए पार्टीलाई क्षति हुने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भण्डारीले नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा आउनुपर्ने बताउनुभएको हो ।

सांसद भण्डारीले देशलाई सनातन हिन्दु राष्ट्रको रुपमा आत्मसात् नगर्नु दुर्भाग्य भएको भन्दै कांग्रेसले विगतको गल्तीलाई सच्याउनुपर्ने बताउनुभयो । उहाँले बहुमत महासमिति सदस्यहरुले सनातन हिन्दु राष्ट्रको पक्षमा समर्थन गरेको भएपनि पार्टी नेतृत्वले सो कुरालाई आत्मसात् नगरेको बताउनुभयो । उहाँले पार्टीले बहुमत महासमिति सदस्यको कुरालाई स्वीकार नगरेमा पार्टीलाई क्षति पुग्ने बताउनुभयो ।

सांसद भण्डारीले संसारका अति समृद्ध मुलुक र अति विपन्न मुलुकहरुले देशको स्वधर्मलाई अवलम्वन गरेका भन्दै नेपाल पनि सनातन हिन्दु राष्ट्र हुनुपर्ने बताउनुभयो । राजनीतिक स्वार्थका कारण सो मुद्दालाई ओझेलमा पार्नु नहुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू