अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

थापाथलीकाे प्रसूति गृहबाट २६ दिनकाे शिशु चाेरी, सीसीटीभी फुटेज हेरेर अनुसन्धान गर्दै प्रहरी

बिआरटीनेपाल २०८० फागुन ११ गते ६:०१ मा प्रकाशित

काठमाण्डौको थापाथलीमा रहेको प्रसूति गृहबाट २६ दिनको शिशु चोरी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौमा उजुरी परेको छ ।

काभ्रेपलाञ्चोक घर भएकी एक महिलाले आफ्नो शिशु चोरी भएको उजुरी गरेकी हुन् । घटना आज दिउँसो साढे १२ बजेतिर भएको हो । उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुग्नुभएको थियो । उजुरीपछि प्रारम्भिक अनुसन्धानमा एक जना महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पाइएको छ ।

थापाथली र आसपासका क्षेत्रमा रहेका सीसीटीभी क्यामेरामा कैद भएका फुटेज हेरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू