अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

टिआरसी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा छ – प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० फागुन ११ गते ६:२९ मा प्रकाशित

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने बताउनुभयो । उहाँले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको बताउनुभयो ।

प्रधानमन्त्रीले जनयुद्ध दिवस शान्ति प्रक्रिया पूरै टुंग्याएपछि पुनः मनाइने र बिदा दिइने दाबी गर्नुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएकै कारण अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा दिन अस्वीकार गरेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले अदालतले बिदा नदिएपनि आफूहरुले जनयुद्ध दिवस मनाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू