अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

माओवादीले चैत्र १ गतेदेखि तराई–मधेस जागरण अभियान चलाउने

बिआरटीनेपाल २०८० फागुन १० गते ७:१० मा प्रकाशित

सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र०ले चैत्र १ गतेदेखि तराई–मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । बैठकले अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा दलको नेताबारे एजेन्डामा छलफल भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।

उहाँले बैठकमा माओवादी विशेष रूपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको जानकारी दिनुभयो । धेरै राम्रो काम गर्ने र काम नगर्नेहरूको नाम शुक्रबारको बैठकपछि सार्वजनिक गर्ने उहाको भनाई छ । चैत्रपछि तीन वटा अभियान चलाउने सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको एजेन्डा अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिमबारे त्यहाँ एउटा दल नेताको कुरा छ नि । मधेसमा पनि विश्वासको मत बारेमा, सिरहामा केही समस्या छ त्यसको बारेमा भोलि छलफल हुन्छ । भूकम्पको पुनः निर्माणको सम्बन्धमा थियो । इतिहासमै पहिलो पटक पार्टीले कामको आधारमा मूल्यांकन गरेको छ । त्यसमा सबैभन्दा बढी खट्ने, ७५ सम्म, ५० देखि ७५ सम्म गरी चार क्याटोगरीमा बाँडेका थियौँ । त्यसमा आज सबै प्रदेशले कति दिन खट्यो, उत्कृष्ट कोको भए भन्नेकुरा प्रस्तुत गर्नुभएको छ’ । प्रवक्ता सापकोटाले गठबन्धनबारे नेपाली कांग्रेसको भूमिकालाई महत्त्वपूर्ण रूपमा लिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू