अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

जाँचबुझ आयोगको प्रतिवेदन नहेरी एकीकृत समाजवादीले मन्त्री ज्वालाबारे निर्णय नगर्ने

बिआरटीनेपाल २०८० फागुन १० गते ७:०४ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन नहेरी भौतिक पूर्वाधारमन्त्रीबारे निर्णय गर्न नसकिने बताएको छ ।बिहीबार बसेको सचिवालय बैठकमा मन्त्री प्रकाश ज्वालाबारे कुराकानी भएको थियो । तर कसलाई कुन कारणले दोषी देखाइएको छ भन्ने जानकारी नभएको र प्रधानमन्त्रीले जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरिहेकाले कुनै निर्णय नगरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

१३ पुसमा दुई युवकको मृत्यु हुने गरी ललितपुरको बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न गठित आयोगले गत शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा फिल्ड कमाण्डर डीएसपी उमेश लम्साल र निजी सुरक्षा अधिकारी (पीएसओ) बोधराज अधिकारीसँगै मन्त्री ज्वालालाई समेत दोषी किटान गरिएको छ । मन्त्री नगएको भए घटना नहुने समितिको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू