अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

मौसम खराब हुँदा त्रिभुवन विमानस्थलमा उडान–अवतरण प्रभावित

बिआरटीनेपाल २०८० फागुन १० गते ७:१० मा प्रकाशित

मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान–अवतरण प्रभावित भएको छ । बिहीबार साँझ सामान्य वर्षासँगैको तुवाँलोले ‘भिजिबिलिटी’ कम भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान–अवतरण प्रभावित भएको हो ।त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार मौसम खराब हुँदा उडान–अवतरण प्रभावित भएको हो । कतारको दोहाबाट आएको कतार एयरवेजको एउटा जहाज केही समय ‘होल्ड’ गरेर बल्ल अवतरण गरेको छ ।

त्यसैगरी भारत मुम्बईबाट आएको इन्डिगो एयरलाइन्सको जहाज मौसम खराब हुँदा अवतरण गर्न नसकेपछि लखनऊ ‘डाइभर्ट’ भएको झाले जानकारी दिनुभयो । आन्तरिकतर्फ त्यहाँबाट उडेका चार कम्पनीका जहाज पुनः काठमाडौं नै फिर्ता भएका छन् । ‘खासमा अवतरण गर्न आउनेलाई सामान्य समस्या भए पनि उडान गर्नेलाई भने अलि समस्या भएको हो,’ झाले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू