अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

युक्रेनमा दुईवटा मिसाइल आक्रमण हुँदा ६० जना रुसी सेनाको ज्यान गयो

बिआरटीनेपाल २०८० फागुन १० गते ६:१८ मा प्रकाशित

पूर्वी युक्रेनको एक तालिम क्षेत्रमा दुईवटा मिसाइल आक्रमण हुँदा कम्तीमा ६० जना रुसी सेनाको ज्यान गएको छ ।डोनेट्स्क क्षेत्रमा एक वरिष्ठ कमाण्डरको आगमनको स्वागतका लागि रुसी सेनाहरू भेला भएका बेला क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ ।रुसी अधिकारीअरुले आक्रमण भएको पुष्टि गरे पनि समाचारमा आएजस्तो मानिसहरुको ‍ज्यान नगएकाे प्रतिक्रिया दिएका खबरमा उल्लेख छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई भेट्नुभन्दा केही घण्टाअघि आक्रमण भएको बताइएको छ । तर, दुई नेताबीच पछिल्लो मिसाइल आक्रमणका विषयमा छलफल नभएको बीबीसीले जनाएको छ ।

रुसले कब्जा गरेको गाउँ नजिकैको प्रशिक्षण केन्द्रमा आक्रमण भएको हो । घटनामा पछि बाहिरिएको भिडियोमा मृतकको सङ्ख्या धेरै देखिए पनि ६० जनाको मात्र  ज्यान गएको भन्दै रुसले घटनालाई लुकाउन खोजेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू