अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

बलात्कार ठहर गर्ने फैसलाविरूद्ध सन्दीप लामिछानेको पुनरावेदन, थुनाबाहिरै बस्न पाउने सुविधा

बिआरटीनेपाल २०८० फागुन १० गते ६:३१ मा प्रकाशित

आफूलाई बलात्कारी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध क्रिकेटर सन्दिप लामिछानेले पुनरावेदन गरेका छन्। उनको पुनरावेदन दर्ता भएको उच्च अदालत पाटनले जनाएको छ। उनले थुना बाहिरै बसेर यो मुद्दामा पुनरावेदन गरिपाउँ भन्दै निवेदन दिएका थिए। उनलाई थुनाबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्ने सुविधा दिइएको उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले जानकारी दिनुभयो।

यसैबीच, लामिछानेले जिल्ला अदालत काठमाडौंको मुद्दाविरुद्ध पुनरावेदन दिएसँगै उनी तत्काल जेल जानु नपर्ने भएको छ । कानूनी व्यवस्था अनुसार उच्च अदालत पाटनबाट सन्दीपले जेल बाहिर बस्न मुद्दा लड्न लिखित अनुमति पाएका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार सन्दीपले यस्तो अनुमति पाएका हुन् । जसअनुसार १० वर्षभन्दा कम कैद सजायमा ‘थुनामा नबसी मुद्दाको पुनरावेदन गर्न पाउँ’ भनि निवेदन दिन सकिन्छ । पुनरावेदन सुन्ने अदालतका रजिस्टारले यस्तो अनुमति दिन सक्ने व्यवस्था छ ।

पुनरावेदनपछि सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले फैसला चित्त नबुझेर पुनरावेदनमा गएको बताउनुभउा । जिल्ला अदालतले दोषि ठहर गरे पनि कुनै पनि तथ्य प्रमाणबाट यो पुष्टि हुन नसक्ने उहाँको भनाइ छ । उच्चले न्याय दिनेमा पूर्ण विश्वास रहेको घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू