अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

किसान आन्दोलनका बारेमा लेख्ने खाता बन्द गरिदिन भारतले सामाजिक सञ्जाल एक्सलाई आग्रह गरेको खुलासा

बिआरटीनेपाल २०८० फागुन १० गते ६:१२ मा प्रकाशित

भारतीय सरकारले किसान आन्दोलनका बारेमा लेख्ने खाता बन्द गरिदिन सामाजिक सञ्जाल एक्सलाई आग्रह गरेको खुलेको छ । एक्सको विश्वव्यापी मामिलाहरू हेर्ने अकाउन्टले भारत सरकारले खाता बन्द गर्न आग्रह गरेको उल्लेख गरेपछि यो कुरा बाहिरिएको हो ।भारतले किसान आन्दोलनका बारेमा कुनै पनि कुरा पोष्ट नहुने र पोष्ट भएमा डिलिट गरिदिन तथा त्यस्ता अकाउन्ट बन्द गरिदिन आग्रह गरेको एक्सले जनाएको छ । भारतको कानुन अनुसार दण्डनीय हुने भएकाले ती अकाउन्ट र पोस्ट ब्लक गर्नुपर्ने भनिएको छ । तर एक्सले भने आफूहरुले त्यस्ता पोष्टहरु भारतमा मात्रै ब्लक गर्न सकिने जनाएको छ ।

एक्सले भारत सरकारको आग्रहमा असहमति जनाउँदै अभिव्यक्तिको स्वतन्त्रतालाई सम्मान गर्न पनि आग्रह गरेको छ । एक्सले भारतले बन्द गर्नको लागि सिफारिस गरेका केही अकाउन्टका प्रयोगकर्तालाई आफूहरुले जानकारी गराइसकेको र ती खातावालाले भारतीय सरकारको आग्रहप्रति आपत्ति जनाएका पनि उल्लेख गरेको छ । भारतमा विभिन्न माग गर्दै किसान आन्दोलन चर्किएको छ । चुनावको मुखैमा भइरहेको किसान आन्दोलन दबाउन सरकारले सामाजिक सञ्जालमा समेत नियन्त्रण गर्न थालेको भन्दै चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू