अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

जनस्तरका सामुदायिक संघ–संस्थामा दलीय प्रतिस्पर्धा नगर्न रास्वपाको निर्देशन

बिआरटीनेपाल २०८० फागुन ९ गते ६:२७ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी जनस्तरका सामुदायिक सङ्घ–संस्थाको नेतृत्व छनौटमा दलीय प्रतिस्पर्धा नगर्न नेता/कार्यकर्तालाई निर्देशन दिएको छ । केही ठाउँका खानेपानी समिति, उपभोक्ता समिति लगायतमा रास्वपाका व्यक्ति निर्वाचित भएको खबर आएका थिए।

आज रास्वपाले विज्ञप्ति निकालेर विद्यालय, खानेपानी, सिँचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता-व्यवस्थापन समिति तथा विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समितिमा राजनीतिक भागवण्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु सर्वथा गलत भएको जनाएको छ ।

रास्वपाले पार्टीको संस्थागत प्रतिनिधित्वका रूपमा प्रचारप्रसार नगर्न, सामूहिक रूपमा प्यानल बनाउन, सगोलमा भोट नमाग्न तथा अन्य दलहरूसँग राजनीतिक अभिप्रायले समूह बनाएर विरोध, समर्थन, वक्तव्य नगर्न/नगराउन अनुरोध गरेको छ । पार्टीको नीति विपरीत क्रियाकलाप गरेको पाइएमा कडा कारबाही गर्ने पनि रास्वपाले चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू