अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

लघुवित्त र सहकारी पीडितका प्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल, समस्या समाधान गर्ने आश्वासन​

बिआरटीनेपाल २०८० फागुन ९ गते ६:२४ मा प्रकाशित

लघुवित्त र सहकारी पीडितका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले सिंहदरबार बोलाएर छलफल गर्नुभएको छ ।​​ लघुवित्त र सहकारी क्षेत्रमा देखापरेका समस्या सम्बोधनको क्रममा प्रधानमन्त्री आफैंले उनीहरूका प्रतिनिधि सिंहदरबार बोलाएर छलफल गर्नुभएको हो । छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

छलफलमा प्रधानमन्त्रीले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लो समय यो क्षेत्र संकटग्रस्त हुँदै गएको बताउँदै सरकारले समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताउनुभयो । ‘विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो। तर पछिल्लो समय यो ठूलो समस्यामा फस्दै गएको छ’, प्रधानमन्त्रीले भन्नुभयो ‘यसमा कतिपय परिस्थितिजन्य अप्ठ्याराहरू र कतिपय सञ्चालकहरूको बेइमानी जिम्मेवार रहेको छ, सोही बमोजिम समस्या समाधानमा पुग्छौं ‘।

लघुवित्त र सहकारी क्षेत्रको समस्या चक्रव्यूहका रुपमा विकसित जानसक्नेतर्फ सचेत गराउँदै प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक समस्या समाधानको पहल गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयका अधिकारीहरू र नेपाल राष्ट्र बैंकसँग कुरा गरेर समस्या समाधान गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू