अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

न्युजिल्याण्डसँगको पहिलो टी–२० क्रिकेट अष्ट्रेलियाले जित्यो

बिआरटीनेपाल २०८० फागुन ९ गते ६:०९ मा प्रकाशित

न्युजिल्याण्डसँगको पहिलो टी–२० क्रिकेट अष्ट्रेलियाले जितेको छ । विलिङटन्मा घरेलु टोली न्युजिल्याण्डले दिएको २ सय १६ रनको विशाल लक्ष्य अष्ट्रेलियाले ४ विकेट गुमाएर अन्तिम बलमा भेटायो । अन्तिम ओभरमा अष्ट्रेलियालाई १९ रन चाहिएकोमा टिम डेविड र मिचेल मार्सले १९ रन नै बनाए । अष्ट्रेलियाका मिचेल मार्स ७२ रनमा नटआउट रहे ।

न्युजिल्याण्डका मिचेल सान्टनरले २ विकेट लिए । पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका लागि रचिन रवीन्द्रले ६८ र डेवन कनवेले ६३ रन बनाएका थिए । आजको जितसँगै तीन खेलको शृङ्खलामा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू