अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 17:25

शेयर बजार सामान्य घट्याे, ३ अर्ब १३ करोड रुपैयाँकाे काराेबार

बिआरटीनेपाल २०८० फागुन ८ गते ६:०५ मा प्रकाशित

आज शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ७६ अङ्कले घटेर दुई हजार ३३ दशमलव शून्य छ विन्दुमा झरेको छ ।आज विकास बैंक, फाइनान्स, लगानी, उत्पादन र अन्य समूहको शेयर सामान्य बढ्यो भने बाँकी समूहको शेयर सामान्य घटेको छ ।

आज ग्रीन लाइफ हाइड्रोपावरको शेयर घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन आज बोटलर्स नेपाल र समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज ९३ लाख ४२ हजार कित्ता शेयर तीन अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू