अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

क्यानडामाथि नेपाल ‘ए’ को जित

बिआरटीनेपाल २०८० फागुन ८ गते ५:४२ मा प्रकाशित

क्यानडा–११ विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ले २ विकेटको जित निकालेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा क्यानडाले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा ग¥यो । नेपालका कप्तान सन्दीप जोराले ६६ तथा बसिर अहमदले ५२ रनको अर्धशतकीय पारी खेले । यस्तै, रासिद खानले ४७, अर्जुन कुमाले ४० तथा किरण ठगुन्नाले १३ रन जोडे । क्यानडाका अमोर खालिद, शाहिद अहमद्जाई र निखिल दत्तले दुई–दुई तथा साद बिन जफर र हर्ष ठेकरले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको क्यानडाले ४९ ओभर ६ बलमा अल आउट हुँदै २ सय ४० रन बनाएको थियो । क्यानडाका श्रेयस मोम्भाले सर्वाधिक ६८ रनको अर्धशतकीय पारी खेले । यस्तै, नवनीत धलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१, ओरोन जोनसनले ३६ तथा डिलोन हेलिगरले १६ रनको योगदान गरे । नेपालका साहब आलम र रासिद खानले तीन–तीन, शेर मल्लले दुई तथा सागर ढकाल र बसिर अहमदले एक–एक विकेट लिए । यो जितसँगै नेपाल र क्यानडाबीचको तीन खेलको सिरिजमा १–१ को बराबरी भएको छ । पहिलो खेलमा नेपाल क्यानडासँग ४ विकेटले पराजित भएको थियो । सिरिजको तेस्रो तथा निर्णायक खेल आगामी बिहीबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू