अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

नेपालले भारतमा त्रिकोणात्मक सिरिज खेल्ने

बिआरटीनेपाल २०८० फागुन ७ गते ६:२४ मा प्रकाशित

नेपाली क्रिकेट टोलीले भारतीय दुई घरेलु टोली गुजरात र बरोडासँग त्रिकोणात्मक टि-२० सिरिज खेल्ने भएको छ ।गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसियसनले फ्रेन्ड कप त्रिकोणात्मक टि-२० सिरिजमा नेपाललाई खेलाउने भएका हुन् । चैत्र १७(३१ मार्च) देखी सुरु हुने त्रिकोणात्मक सिरिज राउन्ड रोविनको आधारमा हुनेछ । क्यानले नेपालको सिनियर टोलीसँगै स्टेट लेभल (रणजी खेल्ने) गुजरात र बरोडाको पहिलो रोजाईको टोली हुने बताएको छ । यस सिरिजलाई नेपालले जुनमा खेल्ने टि-२० विश्वकप अघिको तयारीको रुपमा समेत हेरिएको छ ।

नेपालले पहिलो खेल चैत्र १७ (मार्च ३०) मा गुजरातसँग खेल्नेछ । दोस्रो खेल चैत्र २० ९अप्रिल २० मा खेल्नेछ । चैत्र २१ (अप्रिल ३) मा गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ (अप्रिल ५) मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ ९अप्रिल ७० मा हुनेछ । सिरिजका शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू