अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५८ | Colorodo: 05:13

कांग्रेस महासमिति बैठक शुरु

बिआरटीनेपाल २०८० फागुन ७ गते ५:४९ मा प्रकाशित

नेपाली कांग्रेसको महासमिति बैठक गोदावरीमा सुरू भएको छ । बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नुभएको छ । बैठकमा देउवासहित उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मासहित पार्टी पदाधिकारीसहित देशभरबाट करिब २३ सय प्रतिनिधि सहभागी छन् ।

बैठक उद्घाटनपछि उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नुभएको छ ।

यद्यपि, महामन्त्री थापाको प्रतिवेदनमाथि अझै कुरा मिल्न सकेको छैन । चुनावमा गठबन्धन नगर्ने गगनको प्रस्ताव हटाउनुपर्ने देउवासहित संस्थापनपक्षका नेताहरुको अडान छ । तर, देउवाको दबाबमा गगन तयार नभएपछि बैठक उद्घाटनपछि फेरि छलफल गर्ने तयारी छ । बैठक तीन दिनसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू