अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

मुलुकलाई हिंसाको दुष्चक्रमा होम्नेहरु नै सरकारमा रहेकाले पीडितले न्याय पाउनेमा आशंका : पूर्वराष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०८० फागुन ७ गते ५:०५ मा प्रकाशित

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई हिंसाको दुष्चक्रमा होम्नेहरु नै अहिले सरकारको नेतृत्वमा रहेकाले निर्दोष द्वन्द्वपीडितले न्याय पाउनेमा आशंका रहेको बताउनुभएको छ ।सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले शान्ति सम्झौता भएको १८ वर्षसम्म पनि पीडितले न्याय पाउन नसक्नु विडम्बना भएको उल्लेख गर्नुभयो । छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै अनसनकै क्रममा मृत्युवरण गरेका नन्दप्रसाद अधिकारीको शवको दाहसंकार आजसम्म नभएको विषयले देशको संक्रमणकालीन न्यायको अवस्था उजागर गर्ने उहाँको भनाइ थियो ।

पूर्वराष्ट्रपति भण्डारीले अहिले अप्राकृतिक गठबन्धनमार्फत देश दोहन भइरहेको भन्दै अन्तर्राष्ट्रिय जगतमा नेपाललाई कमजोर देखाउने प्रयत्न विफल पार्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसद डा. विमला राई पौडेल, इन्सेकका संस्थापक सुशील प्याकुरेललगायतले संक्रमणकालीन न्यायलाई अहिलेको सत्ता गठबन्धनले सौदाबाजीको विषय बनाएको आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू