अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५० | Colorodo: 05:05

पपुवा न्युगिनीको दुर्गम क्षेत्रमा गोली हानाहान हुँदा ६४ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८० फागुन ७ गते ४:४५ मा प्रकाशित

पपुवा न्युगिनीको दुर्गम हाइल्यान्ड क्षेत्रमा भएको गोली हानाहानमा ६४ जनाको ज्यान गएको छ । एनगा प्रान्तमा दुई आदिवासी समूहबीचको झगडामा गोली हानाहान हुFदा मानिसहरु मारिएका बीबीसीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।

पपुवा न्युगिनीको हाइल्याण्ड हिंसाग्रस्त क्षेत्र हो ।  तर अहिलेको  आक्रमण र हत्यालाई यो वर्षकै दुःखद् र ठूलो हत्याकाण्डको घटनाका रुपमा हेरिएको छ । गएको वर्ष पनि आदिवासीको हिंसाका कारण एन्गा प्रान्तमा तीन महिना लकडाउन गरिएको थियो ।

द्वन्द्वले उग्र रुप लिएपछि कर्फ्यु र यात्रामा प्रतिबन्ध घोषणा गरिएको थियो। त्यहाँका आदिवासीहरुबीच प्राय: जग्गा र सम्पत्तिको बाँडफाँटलाई लिएर द्वन्द्व हुने गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू