अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

सडकमा दूध पोखेर किसान आन्दोलनमा

बिआरटीनेपाल २०८० फागुन ६ गते ६:४५ मा प्रकाशित

सरकारले भुक्तानी नदिएको भन्दै चितवनका किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथितिको विरोधमा आफूहरू आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताउनुभयो। किसानले सडकमा दूध पोखाउनुका साथै समस्या समाधानका निम्ति प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

आफूहरूको आन्दोलनलाई बेवास्ता गरिए अझ सशक्त रूपमा विरोध गरिने अध्यक्ष बगालले बताउनुभयो । किसानले उत्पादन गरेको दूधको बिक्रीको व्यवस्था र भुक्तानी पाउनुपर्ने दुई माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । चितवनका किसानले गएको साउनदेखिको करिब ५२ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको जनाएका छन् ।

पछिल्लो पाँच दिनदेखि दूध बिक्री नभएको उनीहरूको भनाइ छ । चितवनबाट दैनिक एक लाख ५१ हजार लिटर दूध बिक्री गरिँदै आएको थियो । दूध बिक्री नभएर फाल्नुपर्ने अवस्था भएपछि नचाहँदा नचाहँदै सडकमा पोख्न बाध्य भएको किसानले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू