अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४५ | Colorodo: 12:00

शेयर बजार २७ अङ्कले घट्याे

बिआरटीनेपाल २०८० फागुन ६ गते ६:१४ मा प्रकाशित

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव २१ अङ्कले घटेर दुई हजार ३४ दशमलव ८२ अङ्कमा झरेको छ ।आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज साम्लिङ पावर कम्पनीको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज बोटलर्स नेपाल र समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । उच्च अङ्कले बजार घटकाे दिन आज एक करोड सात लाख कित्ता शेयर तीन अर्ब ७७ लाख रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू