अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

मधेसका मुख्यमन्त्री यादवलाई तेस्राे पटक विश्वासकाे मत प्राप्त

बिआरटीनेपाल २०८० फागुन ६ गते ६:१९ मा प्रकाशित

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्नुभएकाे छ । आज बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवलाई ६९ जना सांसदले विश्वासकाे मत दिए । ३५ जना सांसदले विपक्षमा मत दिए । बैठकमा एक सय चार जना सांसद उपस्थित थिए ।

गएकाे माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले आज तेस्राे पटक विश्वासकाे मत लिनुभएकाे हाे । उहाँ गएकाे वर्षकाे पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू