अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

तेस्राे टेस्टमा भारतले इङ्ल्यान्डलाई ४ सय ३४ रनले हरायाे

बिआरटीनेपाल २०८० फागुन ६ गते ६:१७ मा प्रकाशित

इङ्ल्यान्डसँगकाे तेस्राे टेस्ट क्रिकेटमा भारत ४ सय ३४ रनकाे फराकिलाे  अन्तरले विजयी भएकाे छ । टेस्ट क्रिकेटमा रनकाे आधारमा भारतकाे याे सबैभन्दा ठूलाे जित हाे ।भारतले दिएकाे ५ सय ५७ रनकाे लक्ष्य पछ्याएकाे इङ्ल्यान्ड चाैथाे दिनकाे चिया समयपछि १ सय २२ रनमा समेटियाे । इङ्ल्यान्डका मार्क वूडले सर्वाधिक ३३ रन बनाए । भारतका रविन्द्र जडेजाले ५ विकेट लिए ।
भारतले ४ विकेट गुमाएर ४ सय ३० रन बनाएकाे अवस्थामा दाेस्राे इनिङ्स सकिएकाे घाेषणा गरेकाे थियाे । दाेस्राे इनिङ्समा भारतका यशस्वी जयसवालले दाेहाेराे शतक बनाए । यस्तै शुभमन गिलले ९१, सरफराज खानले नट आउट ६८ रन बनाए । इङ्ल्यान्डका जाेए रुट, टम हार्टली र रेहान अहमदले समान १ विकेट लिए ।

पहिलाे इनिङ्समा भारतले कप्तान राेहित शर्मा र रविन्द्र जडेजाकाे शतककाे मद्दतमा ४ सय ४५ रन बनाएकाे थियाे । इङ्ल्यान्डका मार्क वूडले ४ विकेट लिए । पहिलाे इनिङ्समा इङ्ल्यान्डले बेन डकेटकाे शतककाे मद्दतमा ३ सय १९ रन बनाएकाे थियाे । भारतका माेहम्मद सिराजले ४ विकेट लिए । याे जितसँगै भारतले ५ खेलकाे शृङ्खलामा २–१ काे अग्रता बनाएकाे छ । चाैथाे खेल फेब्रुअरी २३ देखि राँचीमा शुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू