अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

नेपालकाे ‘ए’ टाेली क्यानडा–११ सँग ४ विकेटले पराजित

बिआरटीनेपाल २०८० फागुन ६ गते ६:१६ मा प्रकाशित

क्यानडा–११ सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ टोली ४ विकेटले पराजित भएको छ ।नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको क्यानडाले ३ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । क्यानडाका नवनीत धलिवालले ८० र निखिल दत्तले नट आउट ६७ रन बनाए । नेपालका शाहब आलमले २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन बनायो । नेपालका बसिर अहमदले नट आउट ५० रन बनाए । यस्तै रशिद खानले ४०, मयन यादवले ३५ रन बनाए । क्यानडाका साद बिन जफरले ३ विकेट लिए । ३ खेलको शृङ्खलामा दोस्रो खेल पर्सि मङ्गलवार र अन्तिम खेल बिहीवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू