अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

नेपाली अमेरिकन कलाकार संघको अध्यक्षमा बसन्ती राई

बिआरटीनेपाल २०८० फागुन ४ गते १६:४३ मा प्रकाशित

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको ५ औ अधिवेशन नृत्यंगना/गायिका तथा मोडल बसन्ती राईको नेतृत्वमा सम्पन्न भएको छ । फेब्रुवरी १०,२०२४ को दिन शनिवार न्यूयोर्कको क्विन्स स्थित बाजेको सेकुवा रेष्टुरेण्टको हलमा सम्पन्न अधिवेशनले चर्चित नृत्यांगना/गायिका तथा मोडल बसन्ती राईको अध्यक्षतामा नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पदमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नेपाली अमेरिकन कलाकार संघको ५ औ अधिवेशन कार्यक्रमको उद्घाटन चर्चित आधुनिक गायक तथा अधिवेशनको प्रमुख अतिथि जगदीश समाल र कार्यक्रम सभापति चर्चित गायिका निशा सुनारले संयुक्तरुपमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

संघको ५ औ अधिवेशनले बसन्ती राईको सहितको अध्यक्षतामा संघको १८ सदस्यीय नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा लोक तथा दोहोरी गायक विमल डॅागी, उपाध्यक्षमा चर्चित नृत्य निर्देशक/ नृत्यकार तथा मोडल शङ्कर बिसी, अभिनेता/निर्देशक तथा संचारकर्मी बिक्की पुलामी, गायक राजेन्द्र राई, गीतकार तथा लोक दोहोरी गायक मधुर गिरी र मोडल ईत्ना कार्की सहित ५ जनालाई सर्वसम्मत चयन गरेको छ ।

साथै यस पटक पनि दोहोरिएर लोक तथा दोहोरी गायिका सङ्गीता थापा मगरलेनै महासचिव पदमा जिम्मेवारी सम्हालेकी छन् भने सह–सचिवमा गायक प्रेम सेन्चुरी, कोषाध्यक्षमा कलाकार नवीन श्रेष्ठ, सह-कोषाध्यक्षमा कलाकार पुष्पा बस्नेत युवा संयोजकमा गायक दिलीप श्रीसमगर, मिडिया संयोजकमा कवि तथा गीतकार पुष्कर बराल सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसै गरी बोर्ड सदस्यहरूमा गायक वीर घर्ती मगर, कलाकार माया मेलिसा राई, कलाकार चिनिलाल श्रेष्ठ, पार्कर खेलाडी तथा कलाकार दिनेश सुनार र गायक तथा सङ्गीतकार कुमार थापा मगरलाई सर्वसम्मत चयन गरिएको छ ।

कार्यक्रमको समापन निर्वाचन प्रमुख आयुक्त गिरिजा प्र. कोइराला फाउन्डेसन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे, युनाईटेड किरात राई एसोसिएसन अफ अमेरिकाका उपाध्यक्ष केशवराम राई, साहित्यकार गीता खत्री र निवर्तमान अध्यक्ष गायिका निशा सुनारले महाअधिवेशनको म्यान्डेट नयाँ कार्य समितिलाई बुझबुझारथ गरी गरिएको थियो भने पर्यवेक्षकहरू विष्णु राना मगर, शोभाकान्त पाण्डे र शङ्कर बिसुन्के सहित चर्चित कलाकार, गायककार, सङ्गीतकार कवि तथा साहित्यकार र अन्य संस्थाका अतिथिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया