अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

न्यायका लागि पूर्व र पश्चिमबाट एकै पटक पैदलयात्रा शुरु गरेका मिटरब्याज पीडित चितवनमा

बिआरटीनेपाल २०८० फागुन ४ गते ५:३२ मा प्रकाशित

गएको माघ १६ गतेदेखि झापा र कञ्चनपुरबाट पैदलयात्रा शुरु गरेका मिटरब्याज पीडितहरू चितवनको नारायणगढमा आइपुगेका छन् । दुवैतर्फबाट हिँडेका पीडितहरू १८ औँ दिनमा नारायणगढमा भेट भएर संयुक्त टोली बनेको मिटरब्याज पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले जानकारी दिनुभयो । दुवैतर्फबाट एकै दिन एकै समयमा पैदलयात्रा शुरु गरेका पीडितहरूको हिजो चितवनमा भेट भएको हो । नारायणगढमा कार्यक्रम गरी काठमाण्डौतर्फ अघि बढ्ने अध्यक्ष कुशवाहाले बताउनुभयो ।

दुवैतर्फका गरी झन्डै सात सय जना पीडित यात्रामा सहभागी छन् । बाटोमा थपिँदै काठमाण्डौ पुग्दा झन्डै एक हजार पीडित सहभागी हुने र यस पटक निर्णायक आन्दोलन गर्ने कुशवाहाले बताउनुभयो । आफूहरूको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरूकाे समस्या सरकारले नसुनेका कारण सरकारलाई सुनाउन फेरि हिँडेर काठमाण्डौको शान्तिवाटिका पुग्न लागेको उहाँले बताउनुभयो ।

यसअघि मिटरब्याज पीडित महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डौ पुगेका थिए । उनीहरूकाे समस्या समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले छानबिन पनि गरिसकेको छ । तर आफूहरूले न्यान नपाएको पीडितहरूको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू