अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

शेयर बजार दाेहाेराे अङ्कले घट्याे

बिआरटीनेपाल २०८० फागुन ३ गते ६:०५ मा प्रकाशित

शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । हिजो सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४६ अङ्कले घटेर दुई हजार ६२ दशमलव शून्य तीन विन्दुमा झरेको छ ।आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको शेयर घटेको छ । आज बीमा, विकास बैंक, फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज बोटलर्स नेपाल र समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । दाेहाेराे अङ्कले बजार घटेकाे दिन आज एक करोड १४ लाख कित्ता शेयर तीन अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू