अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

विश्व सरकार शिखर सम्मेलनमा अध्यक्ष ढकालकाे आह्वान– ‘नेपालमा लगानी गरेर लाभ लिनुस्’

बिआरटीनेपाल २०८० फागुन २ गते ६:५६ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादनलगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आह्वान गर्नुभएको छ ।यूएईकाे दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलन (वर्ल्ड गभर्मेन्टस् समिट) मा नेपालको निजी क्षेत्रका तर्फबाट धारणा राख्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले विश्वका लगानीकर्ताहरूलाई यसबाट लाभ लिन आग्रह गर्नुभएको हो ।

उहाँले नेपाल सरकारले देशमा लगानीको प्रक्रियालाई सरल बनाउन, नियामकीय कतिपय झन्झट कम गरी पारदर्शिता अभिवृद्धि गर्न र व्यावसायिक वातावरण निर्माण गर्न सरकार र निजी क्षेत्रका तर्फबाट पहल भइरहेको कुरा पनि सम्मेलनमा राख्नुभएको महासङ्घले आज निकालेको विज्ञप्तिमा उल्लेख छ । सरकारले आउँदो वैशाखको १६ र १७ गते लगानी सम्मेलन गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू