अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२८ | Colorodo: 11:43

नेप्सेमा ५ अंकको वृद्धि

बिआरटीनेपाल २०८० फागुन २ गते ४:२० मा प्रकाशित

मंगलबार ३० अंकको पहिरो गएको शेयर बजार बुधबार भने सम्हालिएको छ । दिनभरको उतार चढावकाबीच नेप्से बुधबार ५ अंक बढेर बन्द भएको छ ।बुधबार १ सय ३२ वटा कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १ सय ११ कम्पनीको मूल्य घटेको छ ।उपसमूहहरु मध्ये वित्त उपसमूहमा सर्वाधिक ६ प्रतिशतको बृद्धि आएको छ भने विकास बैंक २, अन्य समूह १ र उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचल फण्ड र निर्जीवन बीमामा सामान्य अंकले बढेका छन् ।

बैंकिङ, होटल तथा टुरिजम, जलविद्युत, लगानी र जीवन बीमा उपसमूह सामान्य घटेका छन् । बुधबार ३ सय २ वटा कम्पनीको १ करोड २३ लाख कित्ता शेयर ४ अर्ब २५ करोड बढीमा खरीदविक्री भएको छ ।

नेपाल फाइनान्स, बोर्टलर्स नेपाल, पाँचथर पावर कम्पनी, समाज लघुवित्त र जोशी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआइसि एसिया व्यालेन्स फण्ड, दोर्दी जलविद्युत कम्पनी र पिपुल्स पावर लिमिटेडको शेयर मूल्य सर्वाधिक ५ प्रतिशतले घटेको छ । बुधबार पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १७ करोड रुपैयाँ माथिको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू