अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

बिआरटीनेपाल २०८० माघ २९ गते ५:०३ मा प्रकाशित

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा राष्ट्रिय सभा अअध्यक्ष शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । उहाँले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि २९ सम्मको संशोधनहरु सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयो । राष्ट्रिय सभाको अर्को बैठक फागुन ६ गते आइतबार १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू