अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

४५९ विदेशी नागरिक नेपालबाट निष्कासित

बिआरटीनेपाल २०८० माघ २८ गते ६:०३ मा प्रकाशित

सन् २०२३ मा ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यागमन विभागले सन् २०२३ मा ४५९ विदेशी नागरिकलाई विभिन्न कारणले नेपालबाट निष्कासन गरिएको जानकारी दिएको हो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०१७ मा ५५९, २०१८ मा ६७८, २०१९ मा ६७१, २०२० मा ३३२, २०२१ मा ३०८ र २०२२ मा ५७० जना विदेशी नागरिकलाई विभिन्न कारणले नेपालबाट निष्कासन गरिएको बताउनुभयो ।

यस्तै उहाँले गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मूलका विदेशीहरुको भिसा शुल्क सम्बन्धमा स्पष्ट नभएकाले समस्या आएको बताउनुभयो । विभागका अनुसार १७ बुँदे निर्देशनको कारण सन् २०२३ मा ६ हजार १३२ जना नेपाली नागरिक विमानस्थलबाट फर्काइएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू