अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

म प्रधानमन्त्री बनेपछि उत्तरी क्षेत्रका नाकामा आवतजावत सहज भएको छ – प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० माघ २७ गते ४:२७ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले नेपाल(चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने विषयमा बढी प्राथमिकता दिएको बताउनुभएको छ । शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री बनेदेखि नै सबैभन्दा धेरै प्राथमिकता नेपाल चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्न बढी ध्यान दिएको दाबी गर्नुभयो ।

परिणामस्वरुप तातोपानी लगायतका उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको प्रधानमन्त्री दाहालको दाबी छ । उहाँले चिनियाँ राजदुतसँग पनि केही दिनअघि मात्रै आफ्नो चीन भ्रमणका क्रममा भएको सम्झौता र सहमति अघि बढाउने बारेमा छलफल गरेको बताउनुभयो ।

प्रधानमन्त्रीले छलफलमा रम्परागत नाकाहरु खोल्ने, टोखा(छहरे सुरुङ मार्गको डिपिआर तयार गर्ने र हिल्सा(सिमीकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल र सहमति भएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सहमति मात्रै पर्याप्त नहुने भन्दै थप कुटनीतिक पहलबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाउने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू