अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४६ | Colorodo: 00:01

परिस्थिति तरल, जटिल र पेचिलो बन्दै गइरहेको छ- अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०८० माघ २६ गते ६:३१ मा प्रकाशित

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति तरल रहेको ब्रिफिङ गर्नुभएको छ । प्रवक्ता अग्निप्रसाद सापकोटाको अनुसार पार्टीे स्थार्यी कमिटीको बैठकमा वर्तमान परिस्थितिबारे उहाँले भन्नुभयो, ‘वर्तमान परिस्थितिमा अहिले तरल भएको छ । जटिल र पेचिलो बन्दैछ । अहिले हाम्रो मुख्य कार्यभार भनेको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनुपर्छ भनेर पार्टीहरुमा घनिभूत छलफल भइरहेको छ ।’

सापकोटाले अध्यक्ष प्रचण्डले बैठकमा पार्टीको विधान, केन्द्रीय समिति र विधान सम्मेलनको व्यवस्थानको बारेमा ब्रिफिङ गरेको बताउनुभयो । बैठकमा नेताहरुले टीआरसी विधेयक यही अधिवेशनबाट सत्तापक्ष र प्रतिपक्ष दलसँग छलफल गरेर सहमतिमै टुंग्याउनुपर्ने सुझाव दिएका थिए। विधेयकमा सहमति जुटाउनको लागि हदैसम्म प्रयास गर्न सुझाव बैठकमा आएको सापकोटाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू