अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

माओवादी स्थायी कमिटी बैठक : पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्नेमा जोड

बिआरटीनेपाल २०८० माघ २६ गते ५:५७ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का नेताहरुले पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै माओवादी केन्द्रका नेताहरुले संविधानमा नै समाजवादउन्मुख राज्यव्यवस्थाको उल्लेख गरिएको भन्दै पार्टीको विधानमा पनि समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्ने धारणा राखेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको विधान समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित हुनेगरी बनाउनुपर्नेमा नेताहरुले जोड दिएका बताउनुभयो । त्यस्तै, केन्द्रिय समिति १५१ सदस्यीय बनाउनेगरी छलफल भएको पनि उहाँले जानकारी दिनुभयो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले विधान अधिवेशन, विधान र केन्द्रिय कमिटी बैठकको व्यवस्थापनको सम्बन्धमा ब्रिफिङ गर्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । त्यस्तै, शान्ति प्रक्रियालाई टुंग्याउनका लागि दलहरुका बीचमा घनिभुत रुपमा छलफल भइरहेको पनि अध्यक्ष दाहालले बताएको उहाँको भनाई छ ।

शुक्रबारको बैठकमा विधान मस्यौदा कार्यदलको संयोजक उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र वर्षमान पुनले आफ्नो भनाइ राख्नुभएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, सचिवहरु गणेश साह र राम कार्की तथा स्थायी कमिटी सदस्य शशी श्रेष्ठले पनि बैठकमा धारणा राख्नुभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू