अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

इरानलाई हराउँदै आयोजक कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश

बिआरटीनेपाल २०८० माघ २५ गते ८:४२ मा प्रकाशित

इरानलाई हराउँदै आयोजक कतार एसियन कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दोहामा भएको सेमिफाइनल खेलमा इरानलाई ३–२ ले हराउँदै साविक विजेता कतार फाइनलमा पुगेको हो ।

खेलमा कतारलाई विजयी गराउन अब्दुलसलाम, अफिफ र अब्दुल्लाहले एक एक गोल गरे । इरानका अजमौन र जहानबक्सले एक एक गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

कतारले अब फाइनलमा अर्को अरब मुलुक जोर्डनको सामना गर्नेछ । पहिलो सेमिफाइनल खेलमा दक्षिण कोरियालाई स्तब्ध पार्दै जोर्डन पहिलो पटक एसियन कप फुटबलको फाइनलमा पुगेको हो । फाइनल खेल शनिवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू