अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

शेयर बजार सामान्य बढ्याे, २ अर्ब ८४ कराेड रुपैयाँकाे काराेबार

बिआरटीनेपाल २०८० माघ २४ गते ५:३१ मा प्रकाशित

शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९२ अङ्कले बढेर दुई हजार ९० दशमलव ६४ विन्दुमा पुगेको छ ।आज फाइनान्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक अरू समूहको शेयर बढेकोमा जीवन बीमा, होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र एसियन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन एनसीसी डिबेन्चर २०८६ को शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । आज ७७ लाख ३२ हजार कित्ता शेयर दुई अर्ब ८४ करोड २५ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू