अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

फिलिपिन्समा पहिरोमा पुरिएका ५ जनाको ज्यान गयो, ४५ जनाको उद्धार

बिआरटीनेपाल २०८० माघ २४ गते ५:१६ मा प्रकाशित

फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दी ओरो प्रान्तको एक खानीमा गएको पहिरोमा परि पुरिएका ८६ जनामध्ये उद्धारकर्मीले ४५ जनालाई उद्धार गरेका छन् । पहिराेमा पुरिएर पाँच जनाको ज्यान गएको छ । सेनाको पूर्वी कमान्डकी प्रवक्ता रोजा मा क्रिस्टिना रोसेट म्यानुएलले घटनास्थल नजिकै रहेका झन्डै ६ सय जनालाई सुरक्षित ठाउँमा सारिएको र पहिराेका कारण कैँयाैँ व्यक्ति प्रभावित भएका बताउनुभयाे ।

झन्डै १० दिनदेखि परेको पानीका कारण खानीमा पहिरो गएको हो । फिलिपिन्समा यो हप्ता मुसलधारे वर्षाका कारण झन्डै आठ लाख मानिस प्रभावित भएका र २० जनाभन्दा बढीको ज्यान गएको फिलिपिन्स सरकारलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिह्वाले जनाएको छ । यस्तै ४१ जना बेपत्ता छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू