अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन

बिआरटीनेपाल २०८० माघ २३ गते ४:३७ मा प्रकाशित

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ । लामो समयदेखि प्रोटेस्ट क्यान्सरको उपचार गराइरहनु भएका बुढाथोकीे पछिल्लो समय निमोनिया, ब्लड प्रेसरको बिरामी हुनुहुन्थ्यो । उहाँको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रममा विराटनगरस्थित नर्सिङ होममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

बुढाथोकीको पार्थिव शरीर झापास्थित निवास शनिश्चरे लगिएको छ । १२ बजेपछि जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र आजै शवयात्रासहित कन्काई नदीमा अन्त्येष्टि गरिने काँग्रेस झापाका सचिव कृष्ण हुमागाइँले जानकारी दिनुभयो । यसैबीच, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वमन्त्री तथा संविधानसभा सदस्य बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नु भएको छ ।

पूर्वराजा वीरेन्द्रका ‘क्लासमेट’ समेत रहेका बुढाथोकी पञ्चायत हुँदै कांग्रेसको राजनीतिमा प्रवेश गर्नू भएको थियो । बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरीहरु छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू