अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

इन्डियन आइडलबाट फर्किएकी मेनुकालाई गृह जिल्लामा भव्य स्वागत

बिआरटीनेपाल २०८० माघ २२ गते ६:५४ मा प्रकाशित

इन्डियन आइडलमा सहभागी भएर नेपाल फर्किएकी मेनुका पौडेलको गृहजिल्ला झापामा भव्य स्वागत गरिएको छ । इन्डियन आइडलको टप १० बाट बाहिरिएकी उनी आज नेपाल फर्किंदा झापामा भव्य स्वागत गरिएको हो । मेनुकालाई काँकडभिट्टामा स्थानीयले फूलमालासहित स्वागत गरेका छन् । उनलाई गाडीमा राखेर काँकडभिट्टा नगर परिक्रमा गराइएको छ ।

इन्डियन आइडलको जारी १४ औँ सिजनबाट टप १० बाट बाहिरिएपछि मेनुकाले आफ्नो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको बताएकी थिइन् । “यो मेरो सुरुआत हो, अन्त्य होइन,” उनले भनेकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू