अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

विश्वकप खेलेको नेपाली युवा क्रिकेट टोली स्वदेश आइपुग्यो

बिआरटीनेपाल २०८० माघ २२ गते ५:०४ मा प्रकाशित

दक्षिण अफ्रिकामा भएको १९ वर्षमुनिको विश्वकप क्रिकेट खेलेको नेपाली युवा टोली स्वदेश फर्किएको छ । टोली बिहान काठमाण्डौ आइपुगेको हो ।विश्वकप खेलेर आएको नेपाली टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट सङ्घका पदाधिकारीसँगै समर्थकले स्वागत गरेका थिए । १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल ‘सुपर सिक्स’ सम्म पुगेको थियो ।विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै टोलीका कप्तान देव खनालले समग्रमा खेल राम्रो भएको प्रतिक्रिया दिए । उनले नयाँ खेलमा नयाँ कुरा सिक्न पाएको बताए ।

यस्तै गुल्सन झाले समग्रमा विश्वकप राम्रो भएको बताए । आकाश चन्दले टोलीले राम्रोसँग खेलेको भन्दै ‘सुपर सिक्स’ मा पुग्नु नै देश र आफूहरूका लागि राम्रो कुरा भएको बताए । सुवास भण्डारीले प्रतियोगिताबाट धेरै कुरा सिक्ने अवसर पाएको प्रतिक्रिया दिए । यस्तै टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरूको प्रदर्शनबाट खुशी रहेको बताए । समूह चरणमा नेपालले न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहाेर्दा अफगानिस्तानलाई हराएकाे थियाे । त्यस्तै ‘सुपर सिक्स’ मा नेपाल बङ्गलादेश र भरतसँग पराजित भएको थियाे ।

प्रतिक्रिया