अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

हिंसा दोहोरिन नदिने गरी टिआरसी विधेयक पारित गर्नुपर्छ : अध्यक्ष ओली

बिआरटीनेपाल २०८० माघ २२ गते ६:५७ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ । सोमबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।अध्यक्ष ओलीले टिआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुराहरु नमिलेकाले मिल्न बाँकी कुरा सबै मिलाएर पारित गर्नुपर्ने बताउनुभयो । उहाँले पीडितहरुले न्याय पाउने, पीडित केन्द्रित कानून बनउनुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुने, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर विधेयक पारित गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले मानवताविरुद्धका जघन्य अपराधहरुमा छुट नहुने गरी र दण्डहिनता नहुने तथा फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले समाधान गर्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले संघीय सरकारको कामकारबाहीले संघीयता अफ्ठ्यारोमा परिरहेको बताउनुभयो । उहाँले अहिले संघीयताको बिरुद्धमा प्रश्न गर्नु भन्दा पनि सही ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताउनुभयो । पाएका अधिकार सही रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले प्रहरी राजनीतिकर्मीहरुले चलाएका कारण बिग्रिएको भन्दै प्रहरीलाई आफ्नै हिसावले चल्न दिनुपर्ने बताउनुभयो ।

तेस्रो राजनीतिक दलले कहिलेसम्म सरकार चलाउने हो ? भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले जनता सचेत नभएसम्म सरकार चलाइरहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू