अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

शेयर बजारमा दोहोरो अंकको वृद्धि

बिआरटीनेपाल २०८० माघ २२ गते ४:५० मा प्रकाशित

तीन दिनको लगातार गिरावटपछि शेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ । दिनभर उतार चढावका बीच अन्तिम घडीमा नेप्से १४ दशमलव ५७ अंकले बढेको हो ।नेपाल टेलिकमको शेयर मूल्यमा सकारात्मक सर्किट लागेसंगै बजार पनि बढेको हो । सोमबारको वृद्धिसँगै नेप्से २०७६ दशमलव २७ विन्दुमा पुगेको छ । तर, कारोबार रकम भने सोमबार पनि घटेको छ ।

सोमबार ३१० वटा कम्पनीको ७४ लाख ९१ हजार कित्ता शेयर २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । सोमबार नेपाल टेलिकम, समाज लघुवित्त र पिपुल्स पावर हाइड्रोको शेयर मूल्य सकारात्मक लेभलमा कारोबार भएको छ । स्वाभिमान लघुवित्तका लगानीकर्ताले भने सर्वाधिक ६ दशमलव ७८ प्रतिशत गुमाएका छन् ।

कारोबार रकमका आधारमा सोमबार पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक १८ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्सेमा सूचिकृत १३ उपसमूहमध्ये सोमबार ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव ६८ प्रतिशत बढेको छ । होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूह भने घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू